काठमाडौं । चैत २० गते,
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारीका साधानमा गीत संगीत नबजाउन आहृवान गरेको छ ।
यातायात व्यवस्था विभागले संगीत रोयल्टी तथा मनोरञ्जन कर लिने गरी निर्दे्शिका जारी गरेपछि महासंघले यातायात व्यवसायी तथा मजदुरहरुलाई गीत संगीत नबनाउन आहृवान गरेको हो । महासंघले सरकारले संशोधन गरेको यातायात व्यवस्था कार्य्विधि निर्दे्शिकाका सम्बन्धमा छलफल गर्न चैत २६ गते परिषद बैठक पनि बोलाएको छ । बैठकले सरकारले यातायात व्यवस्था विभागमा पञ्जीकरण नभएका सवारीको रुट नवीकरण र दर्ता नगर्ने गरी निर्णयको समीक्षा गर्नेछ ।
सार्वजनिक सवारीका साधानमा गीत संगीत नबजाउन आहृवान
- प्रकाशित मिति: मंगलबार, चैत्र २० २०७४
- तामाकोसी खबर