कलाकार समाज खाँडादेवीको नयाँ कार्यसमिति चयन

  • प्रकाशित मिति: आइतबार, साउन ३१ २०८३
  • तामाकोशी

काठमाडौं। रामेछाप सांस्कृतिक कलाकार समाज, खाँडादेवी गाउँपालिका कार्यसमितिको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ। अधिवेशनले सन्दीप श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा राजन खत्री, महिला उपाध्यक्षमा रमिला मोक्तान, सचिवमा सरिता श्रेष्ठ, सह–सचिवमा तुलसा बुढाथोकी, कोषाध्यक्षमा ईश्वर श्रेष्ठ र सह–कोषाध्यक्षमा मेलिना श्रेष्ठ चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा दिलमैया श्रेष्ठ, उस्मिता श्रेष्ठ, श्रीजना श्रेष्ठ र प्रेम श्रेष्ठ चयन भएका छन्। अधिवेशनले बिमला श्रेष्ठ, सुदीप श्रेष्ठ र अपेक्षा खत्रीलाई मनोनीत सदस्यका रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिले खाँडादेवी गाउँपालिकासँग सम्बन्धित कलाकार तथा सांस्कृतिक क्षेत्रको संरक्षण, प्रवर्द्धन र कलाकारहरूको हकहितका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।