रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ बिटारपार्कस्थित भित्री सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शुक्रबार साँझ करिब ७ः४५ बजे रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटा योद्धा गाडी सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा गाडीमा सवार दोलखाको भीमेश्वर नगरपालिका–३ निवासी २८ वर्षीय सञ्जित तामाङ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि मन्थली अस्पताल पुर्याइए पनि चिकित्सकले राति ९ः०३ बजे मृ’त घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गाडी चालक सोही स्थानका ३० वर्षीय प्रदीप लामा ढाडमा सामान्य चोट लागेर घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।