रामेछाप। उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन गरिएको छ। मन्थलीमा आयोजित पार्टीको प्रथम नगर भेलाले लोक घिसिङ तामाङको अध्यक्षतामा ३७ सदस्यीय नगर कमिटी चयन गरेको हो।
नवनिर्वाचित कमिटीको उपाध्यक्षमा चिना तामाङ, महिला उपाध्यक्षमा सरिता माझी, सचिवमा पासाङ लामा र सह–सचिवमा बाबुराम मोक्तान चयन हुनुभएको छ।
पार्टीका अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्य तथा चिना लामाको संयोजनमा सम्पन्न भेलामा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा पार्टीका केन्द्रीय नेता रामकृष्ण लामा, जिल्ला अध्यक्ष अन्जन लामा, होमराज खपाङ्गी मगर, दीपबहादुर लामा, बागमती प्रदेश संयोजक प्रबिणकुमार बल तथा केन्द्रीय युवा विभाग प्रमुख राज मैनालीलगायत नेता–कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
सर्वसम्मत रूपमा नेतृत्व चयन भएपछि सहभागीहरूले पार्टीको संगठनलाई स्थानीय तहसम्म थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।