दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६

  • प्रकाशित मिति: आइतबार, साउन १७ २०८३
  • तामाकोशी

काठमाडौं – मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्।
द हिडन ट्रेजरद्वारा आयोजित मिस नेपाल २०२६ प्रतियोगिताको शनिबार सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै ढकालले प्रतिष्ठित ताज आफ्नो नाममा पारिन्।

यसैगरी, आर्या निशान्त मिस नेपाल इन्टरनेसनल २०२६ तथा काशिश सुब्बा मिस नेपाल कस्मो २०२६ घोषित भएका छन्।



प्रतियोगितामा देशभरबाट छनोट भएका प्रतिस्पर्धीहरूले विभिन्न चरणका प्रतिस्पर्धा पार गर्दै अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाएका थिए। विजेताहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।