प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित

  • प्रकाशित मिति: शनिबार, भाद्र २० २०८३
  • तामाकोशी

रामेछाप । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। शनिबार मन्थलीमा सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो।
अधिवेशनबाट उपाध्यक्षमा सागर बोहरा, महिला उपाध्यक्षमा सम्झना खड्गी, सचिवमा मिलन विक, सहसचिवमा टंकनाथ गौतम र कोषाध्यक्षमा राजन महतारा निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरूमा श्रीराज चन्द्र महत, ईश्वर विक, अनिता रसाइली, कर्ण श्रेष्ठ र सुशिला बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्।
अधिवेशनले पत्रकारहरूको पेशागत हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र जिल्लाको पत्रकारितालाई थप व्यवस्थित तथा मर्यादित बनाउने विषयमा जोड दिएको छ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जिल्लाका पत्रकारहरूको एकता र पेशागत क्षमता अभिवृद्धि गर्दै पत्रकारका समस्या समाधानका लागि सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।