रामेछाप सांस्कृतिक कलाकार समाज खाँडादेवीको तेस्रो अधिवेशन काठमाडौंमा हुँदै

  • प्रकाशित मिति: शुक्रबार, साउन २२ २०८३
  • तामाकोशी

काठमाडौं- रामेछाप सांस्कृतिक कलाकार समाज, खाँडादेवी गाउँपालिका कार्यसमितिको तेस्रो अधिवेशन तथा छैटौँ वार्षिक साधारण सभा आगामी साउन ३० गते काठमाडौंको जडिबुटीस्थित आशिर्वाद प्यालेसमा आयोजना हुने भएको छ।
समाजका उपाध्यक्ष सन्दिप श्रेष्ठका अनुसार अधिवेशनसँगै विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ। कार्यक्रममार्फत रामेछापको मौलिक कला, संस्कृति, भेषभूषा, लोकगीत तथा परम्परालाई उजागर गर्दै कलाकारहरूबीच आपसी एकता र सहकार्यलाई थप मजबुत बनाइनेछ।
उहाँका अनुसार अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थाको वार्षिक प्रगति समीक्षा, आगामी कार्ययोजना, कलाकारहरूको हकहित, क्षमता अभिवृद्धि तथा रामेछापको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका विषयमा महत्वपूर्ण निर्णय गर्नेछ।
उपाध्यक्ष श्रेष्ठले काठमाडौं उपत्यका तथा देशका विभिन्न स्थानमा बसोबास गर्ने रामेछापवासी, कलाकार, शुभेच्छुक, समाजसेवी तथा संस्कृति प्रेमी सबैलाई कार्यक्रममा सहभागी भई सफल बनाउन र समाजसँग आबद्ध हुन आग्रह गर्नुभएको छ।
उहाँले रामेछापको कला र संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने तथा जिल्लाको सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्ने अभियानलाई थप प्रभावकारी बनाउन यस अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।