मन्थली १४, चैत्र । कलाकार रामकुमार कार्कीको पछिल्लो समयमा बजारमा आएको गित “घर त मेरो रामेछाप जिल्ला”ले स्थानिय बजार निक्कै तताएको छ ।
समग्र रामेछाप जिल्लाको पहिचान गितको शव्द–शव्द मार्फद प्रस्फुटित भएको छ भने संगित संयोजनले उस्तै मेल खाएको स्रोता दर्शकको भनाइ छ ।
जिल्लाको बिभिन्न बजारहरु चोक–चोक, गाउघर बस्तीहरुमा उक्त गित निक्कै घन्किने गरेको पाइएको छ । जिल्लामा सञ्चालित विभिन्न मिडियाहरु पत्रपत्रिका, अनलाइन, एफएम रेडियोहरुमा उक्त गितको छुट्टै चर्चा हुने गरेको पाइन्छ । रामेछाप बासी कलाकारहरु रामकुमार कार्की र पार्वति कार्कीको आवाजमा सजिएको उक्त गितको कुमार कार्कीले शब्द र रामकुमार पौडेलले संगित भरेको छ ।
विन्दावासिनी म्युजिक प्रालिले बजार ब्यवस्थापन गरेको गितको छायाङकन केहि दिन पछि रामेछाप जिल्लाकै विभिन्न स्थानहरुमा गरिने कलाकार रामकुमार कार्कीले बताए । दर्जनौ गित संगित बजारमा ल्याएका कलाकार रामकुमार कार्कीको प्राय सन्देशमुलक गितहरु धेरै छन् ।