छमछमी टप फाइभमा पुग्न सफल रामेछापकी रबिता भोट मग्न गृहजिल्ला रामेछापमा

  • प्रकाशित मिति: शनिबार, माघ २० २०७४
  • तामाकोसी खबर

रामेछाप । माघ २० गते,
नेपाल टेलिभिजनबाट सञ्चालीत रियालिटी सो छमछमी सिजन ३ को टप फाइभमा पुग्न सफल भएकी रामेछापको मन्थली नगरपालिका ११ की रविता मगर भोट माग्न गृहजिल्ला आएकी छन् । रियालिटी सोमा एसएमएस भोटिङको आधारमा विजेता घोषित हुने भएकाले रविता भोट माग्न आफ्नो गृहजिल्ला आएकी हुन् । शनिबार सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरि रविताले एसएमएस मार्फत भोटिङ्ग गरेर आपूmलाई सहयोग गरिदिने सबैलाई आग्रह गरिन् ।
एउटा एसएमएस बराबर ६ रुपैयाँ लाग्ने तर एउटै नम्बरबाट जतिवटा पनि भोट दिन मिल्ने भएकाले सक्दो भोट दिएर सहयोग गरिदिन पनि उनले अनुरोध गरेकी छन् । यसैबिच रविता मगरले मन्थलीमा जारी तेस्रो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हेर्न आएका दर्शकसामु आफ्नो नृत्य प्रस्तुती गरी भोट मागेकी छिन् । उक्त कार्यक्रमबाट पनि उनले भोट गरेर सहयोग गरिदिन सम्पुर्ण रामेछाप बासीलाई आग्रह गरिन् । टप भाइभमा पुग्न सफल रवितालाई भोट गर्न मोवाइलको म्यासेज बक्समा गई सिसि टाईप गरि एक स्पेश दिएर १२ लेखि ३४३४३ मा म्यासेज पठाउन सकिन्छ । मोवाइल भोटिङ आगामी फागुन २ गतेसम्म गर्न सकिने छ ।