रामेछापका एक युवा जो विदेशमा बसेर पनि नेपाली संगितमा निरन्तर साधनारत (भिडियो सहित)

  • प्रकाशित मिति: बिहिबार, भाद्र २९ २०७४
  • तामाकोसी खबर

रामेछाप ।
रामेछापका युवा कलाकार प्रकाश दर्णाल शितलको पछिल्लो समयमा दशै गित बजारमा आएकोछ । मार्मिक गित रचनामा माहिर शितलको गिति एल्वम “पर्देशीको जुनी”ले संगितको आकाश पुनः एक पटक तरङ्गित बनाएको छ ।

विदेशमा बसेर काम गरी बचेको बाँकी समय गित संगितमा समर्पण गर्दै आएका युवा कलाकार शितल सब्द रचना तथा संगितमा अब्बल छन् । थुप्रै गितहरु बजारमा ल्याइसकेका शिलतको “म मरेको दिन” एल्वमले धेरै स्रोताहरुको मनमा रहन सफल प्रकाशको पछिल्लो समयमा पुस्कल शर्मा र पुर्णकला विसीको आवाजमा पर्देशीको जुनी बजमारमा छ ।
पर्देशमा बस्दा गाउघरको सम्झना कति आउछ ? र चाडपर्वको बेलामा कतिसम्म भाभुक हुनु पर्छ ? भन्ने भाव पर्देशीको जुनीमा समाबेश गरिएको कलाकार प्रकाशको भनाइ छ । फलो अफ फिल्मस् द्धारा बजार ब्यवस्थापन गरेको दशै गित प्रकाश दर्णाल र राम बहादुर बोहोराको संयुक्त गिति एल्वम हो । गाउघरमा हुदा पनि लोक दोहोरी गितहरु गुनगुनाउदै हिड्ने बानी विदेशमा गएरनी कम नभएको शिलतको दावी छ । जे होस् शितलको संगितको यात्रा सफल बनोस हाम्रो पनि शुभकामना ।