रामेछाप । असार २६ गते,
कला सस्कृतिलाई संरक्षण गर्ने उदेश्यले सञ्चालित कार्यक्रम डबलीयात्रा २०७४ आइतबार रामेछापको मन्थलीमा सम्पन्न भएको छ । मन्थली नगरपालिका मेयर रमेश बस्नेतको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रम नेपाल संङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको हो ।
कार्यक्रममा नाथेश्वर प्रतिभा लोकसास्कृतिक मञ्च चिसापानी दाफा भजन खल, माझी सस्कृति समाज, हायू समुदायका कलाकारहरुले आ–आफ्नो संस्कृति झल्कने प्रस्तुतिहरु देखाएका थिए । प्रतिष्ठानको नृत्य विधाका प्रमुख प्राज्ञ माधव प्रधानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्राज्ञ परिषद सदस्य उदय श्रेष्ठ, पवित्रा घर्तीमगर, एमाले जिल्ला कमिटी अध्यक्ष शान्तिप्रसाद पौडेल, सचिव आनन्द श्रेष्ठ, रोशन पाख्रिन, पत्रकार महासंघका उपाध्यक्ष कैलाश खत्री लगाएतको उपस्थिति रहेको थियो ।
डबलीयात्रा २०७४ रामेछाप सदरमुकाम मन्थलीमा
- प्रकाशित मिति: सोमबार, असार २६ २०७४
- तामाकोसी खबर