गायक हुदै नायक बने रामेछापका युवा अनिश नेपाली

  • प्रकाशित मिति: शुक्रबार, असार २३ २०७४
  • तामाकोसी खबर

रामेछाप । नेपाली लोक तथा दोहोरी गीत सङ्गितको क्षेत्रमा गायक देखि नायक सम्म हुनेहरु कमै मात्रामा छन् । छोटो समयमानै विभिन्न विद्याको स्वाद लिई सकेका रामेछाप राकाथुमका कलाकार अनिश नेपाली गायक हुदै नायक बन्न सफल भएको छ ।
गायनको भुमिका पनि निभाइसकेका अनिशले प्रेम भाव समेटिएको मार्मिक लोक दोहोरी गीत “रुन्छु धर्केर” बोलको गितमा मोडल आसा खड्कासंग आफ्नो सशक्त अभिनय देखाउदै नायकको भुमिकामा पनि अब्बल रहेको प्रमाणित गरेको छ । बिन्ध्यवासिनी म्युजिक प्रा।लि। मार्फत बजारमा आएको म्यूजिक भिडियो छोटो समयामा नै आम दर्शक स्रोताहरुको मन मुटुमा बस्न सफल भएको स्वयम नायक अनिशको दावी छ ।
राम्जी खाड र पुर्णकला बि सि को आवाज रहेको यो गीतमा कमल सर्गम र राजु बर्देवाको शब्द रहेको छ । यस म्यूजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् भने छायाङ्कन राजेस घिमिरे र सम्पादन दिपक विस्टले गरेका छन् ।

तल भिडियो हेर्नुहोला