कमल सरगम
काठमाण्डौ ।
आफ्नो मायालु संग घुम्न रमाउन जो कोहि प्रेमी प्रेमिकालाई रहर हुन्छ हो त्यस्तै भएको छ चर्चित मोडल रिचा थापा र अर्जुन गिरीलाई ।
नेपाली सांगीतिक क्षेत्रकी प्रतिभासाली गायिका चिनु घर्ती मगरको सुमधुर आवाजमा चिनु घर्तीको लोकदोहोरी गीत “माढी फाटैमा”बजारमा आएको छ ।
साकुरा मल्टिमिडिया हाउस प्रालिले बजार ब्यबस्थापन गरेको गीतमा संगीत तथा शब्द माधब थापाले गरेका हुन् ।गीतको म्यूजिक भिडियोमा अभिनय रिचा थापा र अर्जुन गिरीले गरेका हुन् ।निकैनै चर्चित निर्देशक शिब बिकको निर्देशनमा निर्माण गरिएको म्यूजिक भिडियोको छायांकन शम्भु चालिसेले गरेका हुन् ।रबिन बिकले सम्पादन गरेको गीतको म्यूजिक भिडियो निर्माण शिब 4Sले निर्माण गरेको हो ।भिडियो निकै उत्कृष्ट बनेको छ ।भिडियोलाई साकुराकै युटुब च्यानलमा राखिएको छ । नया कम्पनि भएपनि गीत निकै उत्कृष्ट भएको हुदा कम्पनीले अन्य धेरै राम्रा राम्रा गीतहरु बजारमा ल्याउन सक्ने देखिन्छ ।
भिडियो हेर्नुहोस :
साकुरा मल्टिमिडिया हाउस प्रालिले ल्यायो “माढी फाटैमा”
- प्रकाशित मिति: बुधबार, असार १४ २०७४
- तामाकोसी खबर