काठमाडौं । लोकप्रिय गायक राजु लामा एउटा सुमधुर गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।
मंगोलियन हार्टका यी गायक गीतकार रमेश दहालको शब्दको ‘सुन्दर फूल‘’ शीर्षकको गीतको लिरिकल भिडियोमार्फत दर्शकमाझ आएका हुन् । पर्पल स्टुडियो नक्सालमा रेकर्ड गरिएको यो गीतमा गीतलाई गायक लामाले नै संगीतबद्ध गरेका छन् । गीतमा दिबेश राईको संगीत संयोजन छ भने सुमन खड्काले यसलाई मास्टरिङ गरेका छन् ।
कोरोना कहरले विश्वलाई नै त्रसित बनाएको अवस्थामा मानिसको जीवनलाई ‘सुन्दर फूल’ को रुपमा गीतमार्फत चित्रण गरेका छन् । गायक राजु लामाको सुमधुर स्वर रहेको यो गीतको भिडियो गायक लामाकै युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।