तामाकोसी अनलाइन । अहिलेका युवा युवतीहरुको मनमा मौलाउदै गइरहेको मायाप्रतिको विज शंकाको घेरामा बाँधिएको छ । “सुनैको विस्तरा” नामक लोक दोहोरी गितको चर्चाले सवैमा यस्तो शंका जन्माएको हो ।
माया गर्ने धेरै भए पनि शंकालु भावना पनि उत्तिक्कै रहेको गितको भावमा व्यक्त भएको छ । रामेछापका कलाकार अविरल बोहरा र विष्णु माझिको सुमधुर आवाजमा सजिएको भाकामा गणेश अधिकारीको लय तथा रामजी बोहराको उत्कृष्ठ शव्द रहेको छ ।
योग्सना डिजिटल प्रा.लि.ले बजार व्यवस्थापन गरिएको यस गितको म्यूजिक भिडियोमा स्मृति तिमिल्सिनाको निर्देशन तथा सुरेश श्रेष्ठको छायाङकन रहेको छ भने रामजी बोहरा र सारिक केसीले अभिनय गरेको छ । आधुुनिक यो माया पिरति, धन–सम्पतिसंग तुलना हुन थालिएको प्रति इङकित गर्दै यो भाकाले सबैको बास्तविक मायाको कथा व्यथालाई उजागर गरिएको पाइन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।
