काठमाडौं । नेपाल आइडल सिजन-२ का विजेता गायक रवी ओड तथा गायिका स्मिता दाहालको स्वरमा रहेको ‘राजा रानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा भिम बिसीको शब्द तथा संगीत सुन्न सकिन्छ । रिकेश गुरुङ्ग यो गीतका संगीत संयोजक हुन् । उक्त गीतको म्यूजिक भिडियोमा कविता श्रेष्ठ, रवी ओड , प्रियङ्गका सिबाकोटी र दिनेश विष्टको अभिनय रहेको छ ।
भिडियोमा पवन सुस्लिङ्गको छायांकन तथा सम्पादन दिनेश विष्टले भिडियोको निर्देशन छ ।