एजेन्सी । १९ औं संस्करणको अमेरिकन आइडलको टप सेभेनमा पुगेका नेपाली मुलका अमेरिकी गायक दिवेश पोखरेल ‘अर्थर गन’ले अर्को धमाकेदार प्रस्तुती दिएका छन्।
मदर्स डेको दिन अर्थरले अमेरिकन आइडलमा आफ्नो आमालाई समर्पण गर्दै ‘सिम्पल म्यान’ बोलको गीत गाएका हुन्। उनको गीतको तीनै निर्णायकले प्रशंसा गरेका थिए। लगातार दोस्रो सिजन दिवेश अमेरिकन आइडलको टप सेभेनमा पुगेका हुन्।
यसअघि गतवर्षको १८ औं सिजनमा दिवेश अमेरिकन आइडलको उपविजेता नै बनेका थिए। यसपटक आइडलकै आग्रहमा दिवेश फेरि यस गायन प्रतिस्पर्धामा सहभागी भएका हुन्।