काठमाडौं – फिफा विश्वकप २०२६ सम्पन्न भएपछि प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू समेटिएको ‘टिम अफ द टुर्नामेन्ट’ (उत्कृष्ट–११) सार्वजनिक गरिएको छ। विश्व फुटबलका स्थापित स्टारसँगै केही नयाँ अनुहारले पनि उत्कृष्ट टोलीमा स्थान बनाउन सफल भएका छन्।
गोलरक्षकमा केप भर्डेका भोजिन्हा (Vozinha) परेका छन्। उनले प्रतियोगिताभर उत्कृष्ट बचाउ गर्दै केप भर्डेलाई इतिहासमै पहिलो पटक अन्तिम ३२ सम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए।
रक्षापङ्क्तिमा स्पेनका पेड्रो पोरो र मार्क कुकुरेला, फ्रान्सका डायोट उपामेकानो तथा अर्जेन्टिनाका लिसान्ड्रो मार्टिनेज समावेश छन्। यी चारै खेलाडीले आफ्नो टोलीको रक्षापङ्क्तिलाई मजबुत बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए।
मध्यपङ्क्तिमा स्पेनका रोड्री, इङ्गल्यान्डका जुड बेलिङ्घम र फ्रान्सका माइकल ओलिस ले स्थान बनाएका छन्। प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका रोड्रीले गोल्डेन बल जित्दै स्पेनको सफल यात्रामा निर्णायक योगदान दिएका थिए।
अग्रपङ्क्तिमा फ्रान्सका किलियन एम्बाप्पे, अर्जेन्टिनाका लियोनेल मेस्सी र नर्वेका एर्लिङ हालान्ड चयन भएका छन्।
एम्बाप्पेले प्रतियोगितामा सर्वाधिक १० गोल गर्दै गोल्डेन बुट जिते। मेस्सीले ८ गोल र ४ असिस्ट गर्दै अर्जेन्टिनालाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरे। हालान्डले ७ गोल गर्दै नर्वेलाई पहिलो पटक विश्वकपको नकआउट चरणमा पुर्याएर इतिहास रचे।
विश्वकप २०२६ को उत्कृष्ट–११ मा स्थान बनाएका यी खेलाडीहरूले प्रतियोगिताभर व्यक्तिगत प्रतिभा, निरन्तरता र टोलीप्रतिको योगदानका आधारमा फुटबल समर्थकको प्रशंसा बटुलेका छन्।