काठमाडौं । गायिका एलिना चौहान तथा गायक यात्री प्रेमको स्वरको यूगल गीत अंग्रेजीमा बनाना.. म्युजिक भिडियो सार्वजनिक भएको छ ।
परिवर्तन इभेन्ट हाउसले तयार पारेको उक्त गीतको म्युजिक भिडियो गायिका चौहानकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यो गीतमा गायक यात्री प्रेमकै शब्द तथा संगीत निर्देशन रहेको छ ।
टंक बुढाथोकीले यो गीतलाई संगीत संयोजन गरेका छन् भने उनैले गीतलाई मिक्सिङ तथा मास्टरिङ समेत गरेका हुन् । राज बराइलीद्वारा निर्देशन गरिएको उक्त भिडियोमा अभिनेत्री सोनिया जिआर तथा मोडल सुधिर श्रेष्ठलाई फिचर गरिएको छ ।
भिडियोमा पिंकी तामाङ, सुप्रिमा दर्नाल, सुलभ थापा मगर, सपन्न थापा, साङ्सो राज पाण्डेले पनि अभिनय गरेका छन् । नवराज उप्रेतीद्वारा छायांकन गरिएको उक्त भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका छन् । भिडियोको कथा सोनिया जिआरले तयार पारेकी हुन् भने यसमा शिव बिकको कोरियोग्राफी रहेको छ ।