काठमाडौं । अभिनेता स्वर्गीय श्रीकृष्ण श्रेष्ठको डुब्लिकेट भनेर सामाजिक संजालमा भाईरल भएका प्रकाश चन्दको अभिनयमा दोस्रो म्युजिक भिडियो”छुट्टने मायालाई”एस थ्री के ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । देबेन्द्र कुँवरको निर्देशनमा बनेको भिडियोमा प्रकाश चन्दसंगै समिक्षा पोखरेलले अभिनय गरेकि छन् भने साथमा निशा राई,राधाकृष्ण पुडासैनी र बेनिशा बेल्बासेको अभिनय रहेको छ ।
रचना रिमाल सबिर ऐरको स्वर, बिष्णु भट्टको शब्द संगीत रहेको गीतको भिडियो चक्र बरालले छायाँकन गरेको म्युजिक भिडियो बिकास ज्ञवालीले सम्पादन गरेका हुन् ।
हेर्नुहोस भिडियो :