विजय थापाको संगित संयोजनमा रुपक र कमलाको अभिनयमा मौलिक डेउडा गित”मेरा तोला सुन”सार्वजनिक

  • प्रकाशित मिति: शनिबार, कार्तिक ८ २०७७
  • तामाकोशी

काठमाडौं-नेपालि गीतसंगीतको दुनियामा महान चाड दशैँ तथा तिहारको शुभकामना सहित श्रराम फिल्मिसको प्रस्तुति प्रकाश परियारको मौलिक डेउडा गित”मेरा तोला सुन”सार्वजनिक भएको छ । प्रकाश परियार  र  गायिका कल्पना बिसिको स्वरमा रहेको गीतको लय तथा शब्द दिनेश परियारले गरेका हुन् ।

विजय थापाको संगित संयोजन रहेको गीतको म्युजिक भिडियो निर्देशन प्रवत बिकले  गरेका हुन् ।विजय थापा मगर संगीत संयोजन मात्रै नभएर गित गाउनुका साथै रेकर्डडिक्स पनि हुन् । गित संगीतका हरेका काममा उत्तिकै प्रखर र अब्बल रहेका छन् ।



अमित बिकले छायाँकन गरेको म्युजिक भिडियोलाई अनुप बिकले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा गायक रुपक परियार र कमला धामीको अभिनय रहेको छ ।म्युजिक भिडियो बिशेष फिलिम्सको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो :