दशैको मुखैमा लाखौं प्रदेशिएका नेपालीहरुको पिडा र सन्देशमुलक गित“नजाउ नभन” सार्वजनिक

  • प्रकाशित मिति: मंगलबार, कार्तिक ४ २०७७
  • तामाकोशी

काठमाडौं- दशैँ तथा तिहारको शुभकामना सहित लोकप्रिय सर्जक लाल कुमार बरालको मन छुने संगीतमा निकै मिठो गीत “नजाउ नभन” सार्वजनिक भएको छ । लाल कुमार बरालको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको गीत अहिलेकी लोकप्रिय गायिका एलीना चौहान र निकै मिठो स्वरका धनी गायक अन्जान सुर्यको आवाज सजिएको छ ।

गीतमा गीतकार डि. आर सुजनको शब्द सृर्जना रचना रहेको गीतमा गरीबिको गन्तब्य पर्देश मात्र हैन आफ्नै देशमा पनि धेरै विकल्प छन भन्य भाव दर्शाएको छ। देवेन्द्र पाण्डेको निर्देशनमा तयार भएको भिडियोमा गायिका एलीना चौहाना र डि. आर सुजनको मन छुने अभिनय हेर्न सकिन्छ ।



भने निसल पौडेलले खिचेको भिडियोलाई बिकास दाहालाले सम्पादन गरेका हुन गीत तथा भिडियोलाई सम्पूर्ण सन्चारले बजार मा ल्याएको छ ।