अर्जुन र सुनिताको कारुणिक कथा”म त लमजुङ दुरा डाडाको”सार्वजनिक भएको केहि घण्टा मै भयो भाईरल

  • प्रकाशित मिति: शनिबार, असोज २४ २०७७
  • तामाकोशी

काठमाडौं । नेपालीहरुको महान चाड दशैँ तिहारको शुभकामना सहित दर्जनौ गीत लेखेर नेपालि सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाईसकेका प्रबासमा रहेर पनि नेपालि मौलिक गित संगीतलाई उत्तीकै माया गर्ने आफ्नै जन्म दिनको अवसर पारेर जन्म भुमि प्रतिको माया सदभावलाई आत्मासाथ गर्दै”म त लमजुङ दुरा डाडाको”मौलिक लोक गित सार्वजनिक गरेका छन् । तेजाश रेग्मीको शब्द तथा संगीतमा तयार भएको म्युजिक भिडियोमा तेजश रेग्मी र बिमा कुमारी दुराको स्वरमा रहेको छ ।

चित्र मास्की मगरको निर्देशन रहेको म्युजिक भिडियोलाई प्रकाश खडकाले छायांकन गरेका हुन् भने लक्ष्मण चौहानले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा पछिल्लोपटक निकै नै भाईरल बनेका युवा पुस्ताका लोकप्रिय मोडल अर्जुन बिक र सुनिता अधिकारीको अभिनय रहेको छ । गित एस थ्री के ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेको छ ।