वर्षा भण्डाराको शब्द चेतनको संगित तथा स्वरमा कारुणिक दशैं गित‘फूल माला’सार्वजनिक

  • प्रकाशित मिति: शुक्रबार, असोज १६ २०७७
  • तामाकोशी

काठमाडौँ। दशैँ तथा तिहारको शुभकामना सहित चेतन बोहोराको प्रस्तुति दशैँ गित वर्षा भण्डाराको शब्द सृजनामा तथा चेतन बोहोराको संगीतमा चेतन बोहरा र मेलिना मैनालीको आवाज रहेको‘फूल माला’बोलको गित सार्वजनिक भएको छ । वर्षा भण्डारा नेपालि गित संगीतको क्षेत्रमा एक पछी अर्को सफलता चुम्दै निकै नै संघर्ण गरिरहेकी छन् ।

कालिकोट जन्म भुमि र काम र सांगीतिक क्षेत्रमा एक पछी अर्को आयाम थपेर कर्मभूमि काठमाडौं बनाएर लाएकी छन् । नरेन्द्र वियोगीको संयोजनमा तयार भएको गित संगीतको क्षेत्रमा अब्बल प्रतिभा भएका चेतन बोहोराका हरेक गित उत्तिकै लोकप्रिय छन् । गित संगीतका हरेक विधामा कलम चलाउन सफल एक सर्जक तथा गायक हुन् ।



मिलन खडकाको निर्देशनमा तयार भएको दशैँ तिहार बिशेष गीतको म्युजिक छायांकन राम केसीले गरेका हुन् भने हिमसागर बमले म्युजिक भिडियो सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा चेतन, बर्षा र अमरको अभिनय रहेको छ।