स्वरूपराज आचार्यको नयाँ गीत ‘जीवन साथि’ सार्वजनिक

  • प्रकाशित मिति: शनिबार, साउन ३१ २०७७
  • तामाकोशी

काठमाडौँ : मोडलिङ्ग दुनियाँमा यतिबेला नव कलाकारहरुको रुची बढ्दो रुपमा रहेको छ । यसैबीच दिनेश कठायत भविष्यमा एक कुशल चर्चित मोडल बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेका छन भने अहिले त्यसै अनुरुप मेहनत समेत गर्दैछन । मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भाबना बोकेको क्षेत्र हो,जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाईरहेको हुन्छन ।

लोकपृय गायक स्वरूप राज आचार्यको नयाँ गीत ‘जीवन साथि’ सार्वजनिक भएको छ । एभरेष्ट ग्यालरीको प्रस्तुति रहेको म्युजिक भिडियो तथा गीतमा दिपक थापाको शव्द तथा राजकुमार मगरको संगित रहेको उक्त भिडियोमा कथाबस्तु मोडल सनम कठायतले तयार गरेका हुन भने निर्देशन अन्जन शर्माले गरेका हुन । दिनेश कठायत,दिपु शाही र निरज चन्दको शसक्त अभिनय रहेको छ । उत्सव दाहालको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।