बास्तविक तीज भाकामा शर्मिला गुरुङको जलुका (भिडियो सहित)

  • प्रकाशित मिति: मंगलबार, साउन १३ २०७७
  • तामाकोशी

काठमाडौं । बिशेषगरी तीजमा मौलिकता प्रस्तुत गरेर गीतको सिर्जना गर्ने गायिका शर्मिला गुरुङको जलुका बोलको गीत बजारमा ल्याएकी छिन् ।
चर्चित गायिका गुरुङले आफ्नै लय, शब्द, संगीत र स्वरमा मौलिक गीत ‘जलुका’ सार्बजनिक गरेकी हुन् । पछिल्लो समय तीज गीतमा मौलिकता हराउँदै गएको बेला गुरुङले भने हरेक बर्ष चेलीको सुख एवं दुख र तीजको लयलाई आफ्ना गीतमा प्रस्तुत गर्दै आएकी छिन् ।
यस बर्षको उनको तीज गीतले माईतीले गरेको हेला र घर परिवारबाट पाईने यातनाका बारेमा मर्मस्पर्श तरिकाले गाएकी छिन् । उनको गीतले तीजमा माइत जान नपाएकी चेलीले आमा, बुवालाई भेट्न नपाएको पीडा समेत पोखेकी छिन् । गुरुङको पछिल्लो यस गीतमा स्वयंम आफै भिडियोमा देखिएकी छिन् ।