प्रेम दिवसको संघारमा बिक्रम चौहानको निर्देशनमा वर्षा सिवाकोटी र समिर खानको अभिनयमा”माया बस्ला बेसरी”सार्वजनिक

  • प्रकाशित मिति: शुक्रबार, माघ २४ २०७६
  • तामाकोशी

काठमाडौं –नेपाली लोक गीतको संगीतको बजारमा गीतसंगीत विधाका हरेक गीत संगीतहरु बजारमा आउने क्रममा प्रेमदिवसको अवसर पारेर S3K Entertainmentको प्रस्तुतिमा बिशाल निरौला र रियालीटी शो नेपाल आइडलको थर्ड रनरअप अस्मिता अधिकारीको स्वरमा”माया बस्ला बेसरी”सार्वजनिक भएको छ । गीतमा लय, शब्द प्रशान्त पौडेलको रहेको छ भने वर्षा सिवाकोटी र समिर खानको अभिनय रहेको छ । पब्लिसिटी तथा सेट डिजाईन लक्ष्मण चौहानले गर्नुभएको छ ।

बिक्रम चौहानको निर्देशन रहेको गीतको छायाकन भने अर्जुन तिवारी सहितको टिमले गरेको छ भने मिलन विश्वकर्माले म्युजिक भिडियो सम्पादन गरेका छन् । S3K Entertainment को अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।