”पासपोर्ट हरियो”ले रुवायो सारा नेपालीलाई

  • प्रकाशित मिति: बिहिबार, माघ २३ २०७६
  • तामाकोशी

काठमान्डाैँ, २३ माघ । बैदेशीक रोजगारको विषयलाई लिएर तयार पारिएको म्युजिक भिडियो सार्वजनिक हुनुभन्दा पहिले नै सामाजिक सञ्जालमा भाइरल बनिसकेको पछिल्लो समयकी लोकप्रिय निर्देशक स्मृति तिमिल्सिनाको कथा लेखन तथा निर्देशनमा जालकाडा म्युजिक प्रा.लिको प्रस्तुतिमा विदेशियका सारा नेपालीको कथामा आधारित गित”पासपोर्ट हरियो”सार्वजनिक भएकाे छ । गणेश अधिकारीले लय तथा शब्द सिर्जना गरेको गीतमा गणेश अधिकारी र अस्मिता बुढाथोकिको स्वर रहेको छ ।

म्युजिक भिडियोलाई शुरेश श्रेष्ठले छायाकन गरेका हुन् भने प्रविन भट्टले सम्पादन गर्नु भएको हो । म्युजिक भिडियोमा चर्चित मोडल सारिका केसी,राजन बिक,खेम बा,गोमा न्यौपाने र साथीहरुको अभिनय रहेको छ ।
भिडियो :