काठमान्डौँ । पछिल्लो समय नेपाली लोक गीत संगीतको बजार निकै फराकिलो र पृथक बन्दैँ गएको छ । सामाजिक, मौलिक,मौलिकपन झल्कने भाका र परिवेश अनुुसारमा गाइने भाकालाई सर्वोकृष्ट रुपमा प्रस्तुत गरेर सिर्जनाहरु बजारमा आइरहेका छन । यसै क्रममा प्रकाश गुरुङ्गको लय तथा संगीत भित्र गायक प्रकाश गुरुङ र मुना थापामगरको आवाजमा दिप गुरुङ्गको प्रस्तुतिरहेको मौलिक सालैजो भाकामा आधारित “गोरखा सिरन्चोक”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बाह्य प्रभावले गर्दा पछिल्लो समय यता नेपाली मौलिक लोक,कला सँस्कृति मासिँदै गएको अवस्थामा मौलिक सस्कृति तथा यसको संरक्षण र पुर्नस्थापित गर्न दिप गुरुङ्गले म्युजिक भिडियो निर्देशन गरेका छन् । शम्भु चालिसेले छायाकन गरेको म्युजिक भिडियोलाई पछिल्लो समयका बिगत लामो समय देखि यसै क्षेत्रमा तत्लीन लोकप्रिय सम्पादक सुजन शाहीले म्युजिक भिडियो सम्पादन गर्नु भएको छ ।
दिप गुरुङ्गको अफिसियल युटुब युटुब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा सन्तोष थापा मगर,लक्ष्मी गुरुङ र साथीहरुको अभिनय रहेको छ । यो गीतका सम्पूर्ण टिमलाई शुभकामना ।
हेर्नुहोस भिडियो :