काठमाडौँ, नेपालि गीतसंगीतमा मौलिक गीतको खडेरी परेको बेला हेमन्त कान्छा रसाइलीको अफिसियल युटुब च्यानलबाट बहुप्रतिक्षित मौलिक तथा समय सान्दर्भिक लोकगीत‘लाहुरे’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक तथा सारङ्गी वादक हेमन्त कान्छा रसाइलीको सुमधुर आवाज तथा संगितमा रहेको उक्त गीतको शब्द सपना रसाइलीको रहेको छ । हेमन्त कान्छा रसाइली नेपालि गीतसंगीत क्षेत्रका एक दरिलो खम्बा हुन् ।
हेमन्त कान्छा रसाइलीका हरेक गित उत्तिकै चर्चाको शिखर चुमेका छन् । बिगत लामो समय देखि यसै क्षेत्रमा निरन्तर लागेका सारङ्गी वाद तथा गायक हेमन्त कान्छा रसाइलीका हरेक सृजना दर्शक स्रोता माझ उत्त्तिकै लोक प्रिय छन् । यतिबेला हेमन्त कान्छा रसाइलीको सृजनामा तयार भएको बहुप्रतिक्षित मौलिक तथा समय सान्दर्भिक लोकगीत‘लाहुरे’ टिकटकमा पनि उत्तिकै भा,ईरल भएको छ ।
यस गीतलाई गायक स्वयमले पनि उत्तिकै मेहनतका साथ् गाएका छन् । गायक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाइलीका हरेक गित उत्तिकै चर्चित रहेका छन् । केहि महिना अगाडी सार्वजनिक भएको“बालापन”गीत पनि उत्तिकै चर्चाको सिखर उक्लेको थियो । सारा नेपालीको बास्तविक जिबनमा मेल खाने गित भएका पनि यो गीतले पनि उत्तिकै चर्चा कमाउने पक्का भएको छ । गीतको म्युजिक भिडियोमा हेमन्त कान्छा आफैले लाहुरे बनेर मुख्य भुमिका निभाएका छन्,भने टिकटकमा भाईरल दुर्गा सापकोटा, खेम घर्ती, कृष्णा खड्का र आरुष भुषालको जीवन्त अभिनय देख्न सकिन्छ ।
हेरौ भिडियो :