आनन्द गुरुङ र रिया गुरुङ्गको अभिनयमा मौलिक कौडा गित”प्रदेशीको माया”को चौतर्फी चर्चा

  • प्रकाशित मिति: मंगलबार, पुष २९ २०७६
  • तामाकोशी

माघ १ – माघी पर्वको शुभकामना सहित खुसि ईभेन्टसको प्रस्तुति लोपन्मुख हुँदै गएको मौलिक कौडा गित”प्रदेशीको माया” सार्वजनिक भएको छ । बिभिन्न समुदायको आफ्नै कला,सस्कृति रहन सहन रहेको छ त्यस मध्येको कौडा एक हो । पुरानो सस्कृतिलाई बचाईराख्नु पर्छ जोगाई राख्नु पर्छ भन्ने मान्नेता राख्ने मान्छे बिरलै भेटिन्छन रपानी केहि पुस्ता भने अझै लागेका छन् । नेपालमा मगर समुदायमा प्रचलित लोक नृत्य हो कौडा नृत्य । मगर, गुरुङ र दुरा जातीमा प्रचलित प्रमुख लोकनाच मध्य कौडा पर्दछ। यो नाच पश्चिमान्चल विकास क्षेत्रका पाल्पा, नवलपरासी, तनहुँ, स्याङ्जा, लम्जुङ र गोर्खा जिल्लाहरूमा विशेष प्रचलित भएको पाइन्छ ।

यसै बिचमा गायिका चिजा तामाङ र गायक बिमल परियारको स्वरमा रहेको मौलिक कौडा “प्रदेशीको माया” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित सर्जक शिव हमालको शब्द तथा बिमल परियारको संगीत रहेको उक्त गीतको भिडियोलाई चर्चित निर्देशक दीप गुरुङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । यस भिडियोको छायांकन बन्दीपुर तनहुमा गरिएको छ । पश्चिमन्चल सास्कृतिक केन्द्रको पर्दामा निर्माण गरेको यो म्युजिक भिडियोलाई मधुर बस्नेतले खिचेका हुन् भने सुजन शाहीले सम्पादन गरेका छन् ।



यो म्युजिक भिडियोमा आनन्द गुरुङ र रिया गुरुङ्गको अभिनय हेर्न सकिन्छ । परिवेश अनुसारको माहोलमा नचाउँन सफल निर्देशक गुरुङ्गले यो गीतमा मौलिक कलासस्कृतिलाई मध्यनजर गरि फरक शैलीले निर्देशन गर्नु भएको छ । आशा छ यो गीत पनि चर्चाको शिखरमा चढने छ । यो म्युजिक भिडियो खुसि ईभेन्टसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक
भएको छ ।
हेर्नुहोस भिडियो :