काठमाडौं।नेपालि गीतसंगीतको क्षेत्रमा अब्बल गायकको रुपमा चिनिएका गायक रामकृष्ण ढकालको स्वरमा देशभक्ति गित”हाम्रो सुस्ता कालापानी” बोलको नयाँ गीत सार्वजनिक भएको छ । बिष्णु पौडेल तथा सरिता शर्माको शब्द रहेको गीतमा दिपक राज विश्वकर्माको संगीत रहेको छ ।
डि.आर सुजनले निर्देशन गरेको म्युजिक भिडियोलाई रेश्मा दर्लामीले छायांकन गरेका हुन् भने भिडियोलाई मिन रावलले सम्पादन गरेका हुन् । यो म्युजिक भिडियो धुन नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।