गायक तथा मोडल शिवसागर मगरको शब्द/संगितमा “रामेछापकी चेली” (भिडियो सहित)

  • प्रकाशित मिति: शुक्रबार, असोज १७ २०७६
  • तामाकोशी

रामेछाप ।
चर्चित गायक तथा मोडल शिवसागर मगरको उत्कृष्ठ शब्द/संगितमा “रामेछापकी चेली” नयाँ गित संगितको बजारमा सार्वजनिक भएको छ । रामेछापको सेरोफेरोलाई विषयबस्तु बनाएर निर्माण भएको उक्त “रामेछापकी चेली” गितलाई स्मृति म्यूजिक कम्पनीले साँगितिक बजार व्यवस्थापन गरेको हो ।
रामेछापकी गायिका लक्ष्मी आले मगरको सुमधुर आवाजमा सजिएरको उक्त गितको म्यूजिक भिडियोमा गायिका स्वयम लक्ष्मी आले मगरको उत्कृष्ठ अभिनय देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशनमा रहेको म्यूजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेको हो ।

प्रकाश कटुवालको यूट्यवबाट बजारमा आएको उक्त गितको म्यूजिक भिडियोमा डेब्यू गरेकी मोडलिङ तथा गायिका लक्ष्मी आले मगरको सुमधुर आवाज मात्र नभई मोडलिङ क्षेत्रमा पनि अब्बल सावित गरेकी छन् ।



                                                             बाँकी भिडियोबाट…..