काठमाडौं-नेपालीहरुको महान चाड दशैँ तथा दिपावलीको शुभकामना सहित खप्तड डिजिटल म्युजिक प्रा.लिको प्रस्तुति राम प्रसाद अवस्थीको मौलिक देउडा गित“ढल्क्यो लाली जोवन”गित सार्वजनिक भएको छ । बहुप्रतिभाका धनि गायक तथा सर्जक राम प्रसाद अवस्थी नेपालि गीत गीतसंगीतका एक हस्ती हुन् ।
राम प्रसाद अवस्थी तथा चर्चित गायिका रेखा जोशीको सुमधुर स्वर रहेको गीतको शब्द तथा लय स्वयम गायक राम प्रसाद अवस्थीको रहेको छ । डीबी रौलेले छायांकन गरेको म्युजिक भिडियोलाई प्लेरविन रश्मि मगरले सम्पादन गरेका छन् भने भिम थापाले निर्देशन गरेका छन् ।
यो म्युजिक भिडियोमा राम प्रसाद अवस्थी,कल्पना बिसी र कृति बहादुर सिहंको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :