दशैँ तिहारको शुभकामना सहित सुष्मा श्रेष्ठ र खेम सारू मगरको दमदार अभिनयमा “दोहोरी गीत गाउने”सार्वजनिक

  • प्रकाशित मिति: बुधबार, असोज १ २०७६
  • तामाकोशी

काठमाडौँ – लोक दोहोरी गीत आजकल हरेक नेपालीको ढुकढुकी बनेको छ । प्रतेक नेपालीको मन मस्तिस्कमा बस्न सफल पनि भएको छ । देश होस् या विदेशमा बस्ने नेपाली समुदायले लोक गीत नसुनेको सायद बिरलै भेटिन्छन ।

हिमाल पौडेल र शान्ति श्री परियारको आवाजमा भखरै मात्र बजारमा आएको “दोहोरी गीत गाउने” नामक लोक दोहोरी गीतले पनि यस्तै झल्को दिएको छ । मौलिक नेपालीपन देखिएको यो म्युजिक भिडियोमा सुष्मा श्रेष्ठ र खेम सारू मगरको अभिनय रहेको छ ।
सुष्मा श्रेष्ठ बहुप्रतिभाकी धनि हुन् । गायिका,मोडलिङ र संचालिका हुन् सुष्मा श्रेष्ठ । लछु गौतमको निर्देशन रहेको यस भिडियोको छायांकन एलेन मगरले गरेका हुन् भने सम्पादन मेल्टेद हार्टले गरेका हुन् ।
हेर्नुहोस भिडियो