काठमाडौँ ।
पछिल्लो समयमा नेपाली लोक संगितको दुनियामा निक्कै व्यस्त कलाकार युनिक भोजराज विकको शब्द तथा संगीतमा अर्काे उत्कृष्ठ लोक दोहोरी गित गुलाबको फुल संगितको बजारमा सार्वजनिक भएको छ ।
बिष्णु माझी र बिनोद विसीको स्वरमा रहेको नयाँ लोक तथा दोहोरी गीत भिडियो सहित सार्बजनिक गरिएको छ । सार्बजनिक गुलाबको फूलु बोलको गीतमा अहिलेको चर्चित गायिका विष्णु माझी र विनोद विसीको सुमधुर आवाज सुन्न सकिन्छ । निश्चल केसीले निर्देशन गरेको भिडियोमा केकी अधिकारी,गम्भीर बिस्ट र सुरज श्रेष्ठ फिचर्ड छन् ।
ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन्। जिवन लुइंटेल क्रियसनको अफिसियल यु ट्युब च्यानल मार्फत भिडियो सार्बजनिक गरिएको हो । विगत लामो समयदेखि गित संगितको क्षेत्रमा सकृय रामेछापेली कलाकार युनिक भोजराज विकको विभिन्न गित संगितहरु बजारमा छन् ।
(भिडियो सहित)