सामाजिक सन्जाल र युटुबमा यतिबेला धादिँग जिल्लाकी ११ बर्षे नानी कमला घिमिरे निकै नै चर्चामा छिन् । उनले एक कार्यक्रममा स्थानिय गायकसँग गाएको लाईभ दोहोरीको भिडियो भाईरल भएपछि कमलाको चर्चा ह्वात्तै बढेको हो । यतिबेला हरेक दिन उनको घरमा युटुब च्यानलहरु र अन्य मिडियाको भिड हुने गर्दछ । ठाउाँको ठाउँ दोहोरीको टुक्का फुराउने सानी नानीको कला देखेर सबै चकित परेका छन् ।
यसैबिच चर्चित कलाकार तथा समाजसेवी शिशिर भण्डारी नानी कमलाको घरमा पुगे र उनको कलालाई सम्मान गर्दै उनको पढाईको लागि खर्च पनि दिए । साथै उनले कमला घिमिरेसँग मज्जाको लाईभ दोहोरी पनि गाए । शिशिरले नानीलाई साली बनाउँछु भन्दै उनको दिदीलाई दोहोरीबाटै जिस्काएपछि उनकी दिदी उठेरै भागिन् ।यसैबिच कमला काठमाडौं आएर इन्द्रेणीमा गएकी छिन् चर्चित कार्यक्रम इन्द्रेणीमा पुगेर उनले चर्चित गायक गायिकाहरुसँग गीत गाउनेसछन् । भिडियो हेर्नुस