असार १५ – सुदूरपश्चिम क्षेत्रकै प्रमुख सस्कृतिको रुपमा रहेको देउडा पछिल्लो समय विस्तारै हराउदै गएको छ । प्रविधिको विकाससंगै सुदूरपश्चिममा देउडा सस्कृति लोप हुन थालेको हो । यो सस्कृति पुराना पुस्तामा अहिले पनि जिवित अवस्थामा छ । भने युवा पूस्तामा भने आर्कषण कम देखिन्छ ।
बढ्दो आधुकिरण र प्रविधिको विकास युवा पुस्तामा वढि लोकप्रिय देखिएको छ । सामाजिक संजाल फेसवुक, टुईटर, ईस्टाग्राम र युटुव युवा पुस्ताका सारथी जस्तै भएका छन् । जसका कारणा सुदूरपश्चिमका रैथाने सस्कृति ओझेलमा पर्ने सम्भावना बढ्दै गएको देखिन्छ ।
शुभ कार्य, विभिन्न प्रतियोगिता, धार्मिक कार्यमा यहाँ देउडा सस्कृति प्रचलित छ । तर अहिले पुरानो अवस्था रहेन । घांस, दाउरा, वनपाखामा मन थकाउन भोक प्यास मेटाउन भएपनी देउडा गित गाउने प्रचलन भएपनी आधुनिकतासंगै सबै लोभ हुन् सक्ने सकेट देखिएको छ । कुनै मेला महत्स्वमा पुरुष महिलाले डेउडा हातमा हात जोडेर खेल्ने गर्दछन । महीला दिदिबहीनीहरुले दोहोरो रुपमा खेल्ने देउडा खेललाई अछाम जिल्लामा निकै महत्वमा साथ हेरिन्छ । एकै ठाउ जम्मा भएर हातमा हात जोडेर र पैताला एकसाथ मीलाएर अछामका दिदिबहीनीहरुले देउडा खेल्ने गर्दछन ।
हेर्नुहोस भिडियो :