माझि दाई फोखारा गीतका गायक मिलन लामाले ल्याए कल्ले चलायो,बजारमा आएको छोटो समयमै जताततै चर्चा

  • प्रकाशित मिति: शुक्रबार, असार ६ २०७६
  • तामाकोशी

‘माझि दाई पोखरा फेवा तालको’, ‘झल्को लाली ओठको’, ‘हङकङ आईडीले’, ‘वेलकम वेलकम नेपाल’, ‘लालु पाते’ लगायतका चर्चित गीतका गायक मिलन लामा पुनः नेपाली गीत संगीतमा फर्किएका छन् । बिशेषगरी सदाबहार गीत र पर्यटन प्रबद्र्धनका गीतहरुमा जोड दिने मिलन ‘कल्ले चलायो’बोलको गीतमार्फत फर्किएका हुन् । गीतमा शब्द संगीत पनि मिलनकै रहेको छ भने कृष्ण बिकेले म्युजीक एरेन्ज गरेका छन् ।

पछिल्लो समयक फाटफुट गीत बजारमा आएता पनि दर्शकले मिलनको गीतबाट धोको फेर्न पाएका थिएनन् । मिलनले यसपटक आफ्नै शैलीको गीत सार्वजनिक गरेका हुन् । आफ्नो अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको भिडियोमा मिलनसँगै सगुन श्रेष्ठ, रिना थापा मगरको अभिनय छ । साथै रबिन्द्र टिटुङ, प्रविन दल्लाकोटी र आभास लामाले अभिनयमा साथ दिएका छन् । मिलनले नै निर्देशन गरेको भिडियोमा मौसम हिमालीको कोरियोग्राफि रहेको छ ।



‘दर्शकले म बाट जुन अनुरुपका गीत चाहानुहुन्छ, त्यो प्रकारको गीत कल्ले चलायो पर्छ जस्तो लाग्छ । यो गीत पनि दर्शकलाई मन पर्नेमा आशावादी छु ।’ मिलनले भने । ‘बिचमा देश बिदेशका कार्यक्रमहरुमा ब्यस्त भएकाले केहि समय हराएजस्तो भएको हो तर गीतसंगीत छाडेको छैन ।’