काठमाडौ। नेपाली लोक संगितको क्षेत्रमा बहुचर्चित नाम अर्थात रामेछापका प्रतिभावान कलाकार प्रकाश कटुवालको नयाँ गित “मोही खाउँला बोट्कामा” सार्वजनिक भएको छ ।
पछिल्लो समय संगितको बजारमा निक्कै चर्चामा रहन सफल कलाकार प्रकाश कुटवालको उक्त गित छोटो समयमै अडियो तथा भिडियोमा पनि धेरै चर्चामा रहेको स्राता पाठकहरुको भनाई छ । गायिका उमा श्रेष्ठ र प्रकाश कटुवालले संयुक्त रुपमा यो गित बजारमा ल्याएको हो । प्रकाश कटुवाल र उमा श्रेष्ठको सुमधुर आवाजमा सजिएको उक्त गीतको शब्द संगित प्रकाश कुटुवालकै रहेको छ ।
गितको म्युजिक भिडियोमा सुलेमान शंकर (ईकु) र एलिना रायमाझीको सशक्त अभिनय हेर्न पाईन्छ । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् भने छायांकन प्रकाश खड्का तथा ड्रोन अजय रेग्मी र सम्पादन मिलन बि. क. ले गरेका हुन् ।
(भिडियो )