काठमाडौं-समय, परिस्थिति र दर्शक श्रोताको मागले गीत संगीतलाई एक कुरामा अब्बल भएर मात्र नहुने भएको छ । आजभोली केहि नयापन खोजिरहेका हुन्छन । पछिल्लो समय अरुको सिको गरेर गीत निकाल्ने क्रम नभएको होइन ।
यहि बिचबाट हमाल म्युजियोको प्रस्तुति याम प्रसाद नेपालिले फरक पहिचान बोकेको पन्चेबाजा गीत “आशुको इनार”सार्बजनिक गरेका छन । पछिल्लो पुस्तालाई ध्यान दिएर माया पिरतिमा आधारित यो गीतमा मौलिकता पाइन्छ । गीत गाउनु र निकाल्नु ठूलो कुरा होइन तर गीतमा कतिको मौलिकपन छ,भन्ने ठूलो कुरा हो । हाम्रो नेपाली समाजमा अझै पनि आफुले रोजेको भन्दा बाउआमाले रोजेकोलाई जीवन सुम्पिनु पर्ने एक तिर छदै छ भने अर्को तिर रुदै तड़पिनु पर्ने छदै छ ।
यस गीतमा वास्तविक समाजमा घटेका यथार्थ घटनालाई चित्रण गरेका छन् प्र्दिब बोहोराले ।जुना श्री,याम प्रसाद नेपालि र कृष्ण किसनको सुमधुर स्वरमा रहेको यो गीतमा प्रदिप बोहोराको लय तथा शब्द रहेको छ । प्रदीपको निर्देशनमा रहेको यस गीतको म्युजिक भिडियोलाई मिलन बिकले सम्पादन गरेका हुन् भने बिजय लामाले छायांकन गरेका हुन् । प्रदिप बोहोरा र सकुना खत्रीको दमदार अभिनय रहेको छ ।
https://youtu.be/vGpAllfpodg