काठमान्डौं । चर्चित कलाकार विनोद लामाको आवाजमा सजिएको नयाँ लोक गित “पण्डित बा” सार्वजनिक भएको छ । मनसुन क्रियशन प्रा लीको प्रस्तुतीमा निकै रोमान्टिक गित “पण्डित बा” संगितको बजारमा आएको हो । कलाकार बिनोद लामा र देवि गजमेरको आवाजमा सजिएको “पण्डित बा” भिडियो सार्वजनिक भएको छ।
बिक्रम लामाको सर्वोकृष्ट शब्द सिर्जना तथा बिनोद लामाको उत्कृष्ठ लय सिर्जनामा रहेको निकै चोटिलो गहकिला प्रसंग गीत मार्फत समेटिएको छ । गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका छन । रामेछापका एक होनाहार कलाकार विनोद लामा विगत लामो समय देखि सांगितिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ भने उहाँको विभिन्न गितहरु बजारमा छन् ।
बासु बरालको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशनमा भिडियो निर्माण भएको छ । गीतको भिडियोमा चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र चर्चित मोडल आरुसी मगरको अभिनय रहेको छ ।
(भिडियो)