कलाकार एच वि रसाइलीको संगितमा अर्काे उत्कृष्ठ गित ‘विदाई’ बजारमा (भिडियो सहित)

  • प्रकाशित मिति: मंगलबार, बैशाख १७ २०७६
  • तामाकोशी

काठमान्डौ । कलाकार एच वि रसाइलीको संगितमा उत्कृष्ठ आधुनिक गित विदाई सार्वजनिक भएको छ । नेपाली संगितको क्षेत्रमा विगत लामो समयदेखि सक्रिय कलाकार रसाइलीको अर्काे उत्कृष्ठ आधुनिक गितको रुपमा विदाई एल्वम संगितको बजारमा सार्वजनिक भएको हो ।
विभिन्न आधुनिक बजारमा ल्याउने क्रममा पछिल्लो समय चोट एल्बमको अपार सफलता पछि विदाई सांगितिक बजारमा ल्याएको कलाकार एच वि रसाइलीको भनाई छ । प्रमोद खरेलको आवाजमा सजिएको विदाई गितको शब्द सिर्जना भने विकास थापा मगरले गर्नु भएको छ ।
धेरै मेहनतका साथ निर्माण भएको म्युजिक भिडियोमा विकाश थापा मगर , बर्षा थिङ तामाङ, जेशिन्थ तामाङ, फरितमान श्रेष्ठ र कमल घलान लगाएतका कलाकारहरुको सशक्त अभिनय देख्न सकिन्छ । उक्त गितलाई धनेश्वर फिल्मस् एण्ड एडभटाइजमेन्ट मार्फत बजार ब्यवस्थापन गरेको छ ।                                                                (भिडियो)