१ लाख भिउज काटे लगतै ट्रेनिङमा चड्यो”भगेरी चरी”हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: सोमबार, चैत्र १८ २०७५
  • तामाकोशी

काठमाडौं-पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । लगानी अनुसार आम्दानी हुँदै नभए पनि लगानी गर्ने जमात कमि भने छैन । अहिले बिबाह पार्टी भोज भतेरमा हिन्दी गित बज्न लगभग छोडिसकेका छन् प्राय नेपाली गित मात्रै बजेको सुन्न पाइन्छ त्यसमा नि लोक दोहोरी गित बज्ने क्रम बढ्नु एकदमै राम्रो मानिन थालेको छ ।

नांच्ने गित संगै सुन्ने गित पनि उति नै मेहनतका साथ बजारमा आउने क्रममा ,भिडियो पनि उति नै मेहनतले बनाउंदै तेजेस रेग्मी र रिना केसीको आवाजमा अर्को गित संगम शर्माको जन्म दिनको अवसर पारेर लोक दोहोरि गित”भगेरी”नामक गित सार्वजनिक भएको छ । संगम शर्माको यो पहिलो अभिनय तथा यसै गीतबाट डेब्यु पनि गरेकी हुन् ।



तेजश रेग्मीको लय शब्दमा S3k entertainment को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा सतिस अधिकारि,संगम शर्मा,तेजस रेग्मी र पुजन घिमिरेको दमदार अभिनय रहेको छ । मुजिक भिडियोलाई निर्देशक शिब बिकले निर्देशन गरेका छन । सम्भु चालिसेको उत्कृष्ट छायांकन भएको यो गितको भिडियो सम्पादन भने सुजन शाहीले गरेका छन् । आशा छ यो गितले पनी बिगतका गित झैँ चर्चा पाउने छ । यो गित म्युजिक भिडियो युनिटका सवैलाई शुभकामना !
हेर्नुहोस भिडियो: