काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । राम सिलालाको प्रस्तुति चन्द्र भुल र सन्तोष भुलको लोक डेउडा गित”गरिबका दुख”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
राम सिलालको लय तथा शब्द सृजना रहेको उक्त गितमा राम सिलाल र शोभा थापाले सुमधुर स्वर दिनु भएको छ । पहिलो पटक रुपा सिलालले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई रवि औजीले क्यामरामा कैद गरेका छ ।
रवि औजीले सम्पादन गरेको म्युजिक भिडियोमा पुजा नाथ बिष्ट,सन्तोष भुल,चन्द्र भुल,रजनी सिलाल र साथीहरुको अभिनय रहेको छ । यस गितलाई विशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :