दोहोरीको इतिहास रच्दै बिष्णु माझी र भागिरथ चलाउनेको जाउला बरिलै-युटुबको ट्रेनिङ्गको शिर्ष स्थानमा

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन ३० २०७५
  • तामाकोशी

काठमाडाैं । लोक गायक भागीरथ चलाउनेले ‘जाउला बरिलै’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

चर्चित गायक चलाउनेले लोक भाकामा ल्याएको जाउला बरि लै अहिले युट्युबमा धमाल मच्चाइरहेको छ । गीत अपलोड भएको छोटो समयमा नै युट्युबको ट्रेन्डिङ ओगटेर बसेको छ । गीतमा सानो ठोलो जातबीच हुने विभेद र प्रेमलाई उतार्न खोजिएको छ ।



गीतमा चल्तिकी गायिका बिष्णु माझिले स्वर दिएकी छन् । सन्तोष बिसी र भिम लामाको शब्दमा गायक चलाउने कै संगीत रहेको छ । भने गीतमा देवेन्द्र बब्लु, रुबिना अधिकारी, कल्याण कार्की, जुना गुरुङ र हृदय कार्कीले अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियोः