काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । आर.एस.फिल्मसको प्रस्तुति चक्र टमटाको लोक डेउडा गित”मुम्बई है राम हेर्न आया”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
चक्र टमटाको लय तथा शब्द सृजना रहेको उक्त गितमा चक्र टमटा र चर्चित डेउडा गायिका हरिना साउदले सुमधुर स्वर दिनु भएको छ । पछिल्लो समय आफ्नो छुटै स्थान बनाइसकेका युवा निर्देशक रमेश बिजुली बिसीले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई सोनु बिकले क्यामरामा कैद गरेका छन ।
सोनु बिकले सम्पादन गरेको म्युजिक भिडियोमा सबिता सुनार र तपेन्द्र जैगड़ीको अभिनय रहेको छ । यस गितलाई विशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :