काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । राजधानी फिल्मसको प्रस्तुति प्रिन्सा र प्रियासु (थापा क्षेत्री)को आधुनिक गित”बाबा आमा प्रदेशमा”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
परास थापा क्षेत्रीको लय तथा शब्द सृजना रहेको उक्त गितमा बाल गायिका प्रिन्सा थापा क्षेत्रीको सुमधुर स्वर दिनुभएको छ । पारश थापा क्षेत्रीले निर्देशनगरेको यस म्युजिक भिडियोलाई जनक अधिकारिले छायांकन गरेका छन ।
नरोत्तम पाण्डेले सम्पादन गरेको म्युजिक भिडियोमा पारस,अनिता,रिचल र प्रियासु थापा क्षेत्रीको अभिनय रहेको छ । यस गितलाई राजधानी फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :