काठमाडौं-नेपालि गीतसंगीतको दुनियामा दिनप्रतिदिन मौलिक तथा समय सान्दार्भिक गीतको वर्षा भएका छन् । चर्चित सर्जक तथा संगीतकार शिब हमालको लय तथा शब्द संगीतमा रहेको”लालुमै” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका विष्णु माझि र सन्दिप न्यौपानेको सुमधुर स्वर रहेको छ । आशिष अबिरलको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् भने राजेश घिमिरेले छायांकन गरेका हुन् । यस म्युजिक भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् भने यो गित शिव हमालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । उक्त्त म्युजिक भिडियोमा सृष्टि खडका र सन्दिप न्यौपानेको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :
‘सालको पात टपरी”काण्ड सेलाएको हप्ता दिन नबित्दै आयो “सालको पात टपरी”गीतलाई टक्कर दिने “लालुमै”गित हेर्नुहोस (भिडियो)
- प्रकाशित मिति: बिहिबार, फाल्गुन २ २०७५
- तामाकोशी