भ्वाइस अफ नेपालका विजेता सिडि विजय अधिकारी कि “आमा”रुदै गाउँमा ! आखिर के गरेर गए सिडि विजय अधिकारी,हेर्नुहोस यो (भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, माघ २५ २०७५
  • तामाकोशी

काठमाडौं-नेपालि सांगीतिक दुनियाँमा आजभोली केहि फरक र कारुणिक गित संगीतको ओईरो लागेको छ । पछील्लो समय सवैका ढुकढुकी ताकी आम नेपालि दर्शकका रोजाईका गायक तथा यस पटकका भ्वाइस अफ नेपालका विजेता सिडि विजय अधिकारीको आवाजमा रहेको अत्यन्तै मार्मिक आधुनिक गित “आमा”गीतको भिडियो सार्वजनिक भएको छ । हरेक गीतमा उत्तिकै न्याय दिएर गाउँ सक्ने अधिकारिले यस गीतलाई पनि उत्तिकै न्याय दिएर गाउनु भएको छ ।

अधिकारीका प्रत्येक गीतमा उत्तिकै मर्म स्पर्सी भाब लुकेको हुन्छ । “आमा” दुई अक्षरको शब्द तर वर्णन गर्न गाह्रो तिम्रा लागि सबैभन्दा आफ्नै सन्तान प्यारो । हुर्कायौ बढायौ तिमीले नै मलाई जन्मदियौ सधंै खुसी मलाई दिई पीडा तिमीले लियौ । मेरी आमा मेरा लागि सधैँ पवित्र माया हुनुहुन्छ, मन्दिर हुनुहुन्छ, गुरु हुनुहुन्छ, सबथोक हुनुहुन्छ । धर्तीमा जन्मिदाँ निकालेको पहिलो आवाजसँगै सिक्ने पहिलो शब्द अरू कुनै नभएर त्यहि ‘आमा’ हो । तर पनि मैले “आमा”को लागि केहि गर्न सकिन जस्ता ओतप्रोत भाव पूर्ण शब्दमा मिठासपूर्ण भावना सवैको मनमा फेरी चसक्क बिझेका छन् ।



यस गीतमा गजलकार अञ्चल शाहीले शब्द कोरेका हुन् भने रमेश बाबु थापाले संगीत भरेका छन् । रमेश बाबु थापाको निर्देशनमा रहेको म्युजिक भिडियो छायांकन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका हुन् । यस म्युजिक भिडियोमा अनिता पन्तको उत्कृष्ट अभिनयका साथमा अञ्चल शाही र फुलु पुन मगरको अभिनय रहेको छ । यो गीतलाई अञ्चल शाहीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।
आश छ यो गीतले पनि बिगतका गित जस्तै चर्चाको शिखरमा पुग्ने छ । सादुबाद यस गीतका सम्पूर्ण टिमलाई ।
हेर्नुहोस भिडियो :